सुनसरीमा आइतबारदेखि जोर–बिजोर प्रणाली लागू हुने

Newslaya Home

सुनसरीमा आइतबारदेखि जोर–बिजोर प्रणाली लागू हुने

शुक्रबार ३०, असोज २०७७

इटहरी । सुनसरीमा आइतबारदेखि जोर–बिजोर प्रणाली लागू हुने भएको छ ।

सुनसरी जिल्लास्थित कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टरको शुक्रबार बसेको बैठकले आइतबारदेखि जोर–बिजोर प्रणाली लागू हुने भएको हो ।

प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख एसपी सञ्जीव शर्माका अनुसार छोटो दूरीका बस, कार, जीप, म्याजिक भ्यान, टेम्पो, माइक्रो, ई रिक्सा, मोटरसाइकललाई जोरविजोर प्रणालीमा मात्र सञ्चालन गर्ने निर्णय गरिएको हो ।

आइतबारदेखि बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा पनि गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

उक्त समयमा स्थानीय स्तरका सवारी साधन र मानिसहरुको आवागमनमा पूर्ण रोक लगाईने उनले बताए । सुनसरी जिल्ला भित्रिने लामो दूरीको यात्रुवाहक सवारीसाधनहरु बिहान ९ बजेभित्र गन्तव्यमा पुगि सक्नुपर्ने निर्णय गरिएको शर्माले जनाए ।

फुटपाथ, गुद्री जस्ता स्थानमा हुने व्यापार व्यवसाय सञ्चालनमा स्थानीय तहको समन्वयमा पुर्णरुपमा रोक लगाइने र मुख्य राजमार्ग क्षेत्रमा पार्किङ गर्न नपाईने निर्णय भएको उनले बताए ।