बलीउड अभिनेता सञ्जय दत्तलाई क्यान्सर

Newslaya Home

बलीउड अभिनेता सञ्जय दत्तलाई क्यान्सर

शुक्रबार ३०, असोज २०७७

काठमाडौं । भारतीय चलचित्र उद्योग बलीउडका स्थापित अभिनेता सञ्जय दत्तले आफूलाई क्यान्सर भएको पुष्टि गरेका छन्। भारतीय सञ्जारमाध्यमले उनको स्वास्थ्यबारे केही सातादेखि विभिन्न अनुमान गर्दै आएका थिए।

सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडियो प्रेषित गर्दै ६१ वर्षीय दत्तले आफूले ‘चाँडै क्यान्सरलाई परास्त गर्ने विश्वास व्यक्त गरेका छन्।

उनले आगामी नोभेम्बर महिनादेखि नयाँ चलचित्रको छायाङ्कन गर्ने सुरु गर्ने बताएका छन्।

अहिलेसम्म दत्तले १५० वटाभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्।