देशभर थप ४३ सय ९२ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

Newslaya Home

देशभर थप ४३ सय ९२ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

शुक्रबार ३०, असोज २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४,३९२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

देशभरि विभिन्न जिल्लामा गरिएका १६,५३१ वटा नमुना परीक्षणमा त्यति सङ्क्रमित फेला परेका हुन्।

काठमाडौं उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ। अहिले पुष्टि भएका सङ्क्रमितमध्ये २,४०२ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्। योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १ लाख २६ हजार नाघेको छ।

सो अवधिमा शुक्रबार अपराह्णसम्म थप २१ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको छ।

योसहित नेपालमा अहिलेसम्म ७१५ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।