फ्रान्समा एकैसदिन ३० हजार कोरोना संक्रमित थपिएपछि डब्लूएचओले दियो चेतावनी

Newslaya Home

फ्रान्समा एकैसदिन ३० हजार कोरोना संक्रमित थपिएपछि डब्लूएचओले दियो चेतावनी

शुक्रबार ३०, असोज २०७७

काठमाडौं । फ्रान्समा कोरोनाभाइरसको संक्रमणको दोस्रो लहर देखिंदा संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । बिहीबार मात्र त्यहाँ ३० हजार ६२१ नयाँ संक्रमित भेटिएका छन्। त्यसको अघिल्लो दिन २२ हजार ५९१ जनामा संक्रमण देखिएको थियो।

कोरोना संक्रमण बढेपछि फ्रान्सको सरकारले राजधानी पेरिससहित नौ शहरमा शनिबारदेखि रातको समयमा कर्फ्यू लगाउने निर्णय गरेको छ। 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महामारीबाट मानिसहरुलाई बचाउन कडा प्रतिबन्ध लगाउन अत्यावश्यक रहेको चेतावनी दिएको छ।

यूरोपमा संक्रमणको दोस्रो लहर देखिएपछि मानिसहरुलाई नयाँ स्वास्थ्य मापदण्ड पालना गर्न आह्वान गरिएको छ।

शनिबारदेखि बेलायतको लण्डनमा सामाजिक कार्यक्रम गर्न रोक लगाइएको छ। लण्डन र त्यसको आसपासको क्षेत्रमा कोरोना संक्रणणको चेतावनी जारी गरिएको छ।

फ्रान्स, इटाली, पोल्याण्ड र जर्मनी जस्ता देशहरुमा बिहीबार ठूलो संख्यामा कोरोना परीक्षण गरिएपछि एकदिनमा धेरै जनामा संक्रमण पुष्टि भएको छ।

बिहीबार रुपमा कोरोना संक्रमणबाट २८६ जनाको मृत्यु भएको छ। यो संख्या कोरोनाभाइरस संक्रमण फैलिएयता रुसमा एकैदिन मानिसहरुको मृत्यु भएको अहिलेसम्मकै बढी हो।

यूरोपका देशहरुमा दैनिक एक हजार जनाको मृत्यु भइरहँदा डब्लूएचओले यूरोपका सरकारहरुलाई संक्रमण विरुद्ध प्रभावकारी रुपमा काम गर्न भनेको छ।