गाँजा खाने विषयमा झगडा हुँदा झापाका अभिषेकको हत्या

Newslaya Home

गाँजा खाने विषयमा झगडा हुँदा झापाका अभिषेकको हत्या

बिहीबार २९, असोज २०७७

झापा। जिल्ला प्रहरी कार्यालय झापाले हत्या आरोपमा एक जनालाईपक्राउ गरेको छ। कनकाई नगरपालिका–७ काब्रोटे टोलमा बस्ने २२ वर्षीय टल्के भन्ने रविन राजवंशीलाई बुधवार नियन्त्रणमा लिएको हो।

युवकले मंगलवार राति कनकाई –३ एकान्त टोलमा रहेको सुरुङ्गा खोलाको बाँध र बासघारी झ्याङ बीचमा भएको भित्री सानो गोरेटो बाटोमा २२ वर्षीय चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या गरेको भोलिपल्ट मात्र स्थानीयले अभिषेक चौधरी अनुहार टाउको भरी रगताम्मै चोटै चोट भइ मृत अवस्थमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा रविनले गाँजाको विषयमा झगडा भएपछि हत्या गरेको खुलेको छ। हत्या भएको दिन अभिषेकले १ सय रुपैयाँ दिएर रविनलाई गाँजा किन्न पठाएका थिए। रविनले गाँजा किनेर ल्याएपछि अभिषेशकले खान नदिएपछि विवाद भएको थियो।

त्यही क्रमम अभिषेकले झापड समेत हानेको प्रहरीले जानकरी दिएको छ। रविनले त्यसपछि आफुलाई अपमान गरेको महशुस गरी आफ्नो घरमा गई बन्चरो ल्याएर हत्या गरेको खुलेको छ।

हत्यापछि उनी भागेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।