बघिनीले रूखलाई अँगाल्दै गरेको तस्बिरले पायो वाइल्डलाइफ फोटोग्राफी पुरस्कार

Newslaya Home

बघिनीले रूखलाई अँगाल्दै गरेको तस्बिरले पायो वाइल्डलाइफ फोटोग्राफी पुरस्कार

बिहीबार २९, असोज २०७७

काठमाण्डौ । बघिनीले रूखलाई अँगाल्दै गरेको तस्बिरले विश्वको सबैभन्दा प्रतिष्ठित फोटोग्राफी पुरस्कार पाएको छ।

साइबेरियाको जंगलमा मन्चुरियन फर नामक पुरानो रूखलाई बघिनीले अँगाल्दै गरेको तस्बिर खिच्ने रूसी फोटोग्राफर सर्जे ग्रोशकोभले पुरस्कार पाएका हुन्।

उनले ‘वाइल्डलाइफ फोटोग्राफर अफ द यर २०२०’ पाएका छन्। लन्डनको नेचुरल हिस्ट्री म्युजियममा भएको एक समारोहमा डचेज अफ क्यामब्रिजले उक्त पुरस्कार दिएको हो।

फोटोग्राफरलाई उक्त तस्बिर कैद गर्न ११ महिना लागेको जानइएको छ । यो तस्बिर ४९ हजार मध्येबाट छानिएको थियो। तस्बिरमा भएको बघिनी पूर्वी रूसको घना जंगलमा बस्ने अमुर जातको हो।