इटहरीमा तीन सय भन्दा बढी जनता समाजवादीमा प्रवेश

Newslaya Home

इटहरीमा तीन सय भन्दा बढी जनता समाजवादीमा प्रवेश

बुधबार २८, असोज २०७७

इटहरी । सुनसरीको इटहरीमा तीन सय भन्दा बढी युवाहरू जनता समाजवादी नेपाल पार्टीमा प्रवेश गरेका छन् ।

मंगलबार जनता समाजवादी पार्टी, इटहरी उपमहानगर समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल र भातृ संगठनमा आवद्ध रहेका उनीहरू जसपा प्रवेश गरेका हुन् ।

नव प्रवेशी सदस्यहरूलाई पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले टिका लगाएर स्वागत गरेका हुन् ।
इटहरी–२० तरहरा स्थित सैनिक भवनमा आयोजना गरिएको कार्यक्रममा जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महत्वको प्रमुख आतिथ्यता, केन्दृय कार्यकरणि सद्स्य अनिल झाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोलदै नेता महतोले देशको शासन शैली बहुलतामा आधारित नभएको उल्लेख गरे । उनले देशमा पटक पटक गरी ७ वटा संविधान बनिसक्दा पनि जनताले खोजेको पहिचान, सुशासन र समृद्धि दिन नसकेकाले नेपालका अन्य पार्टीहरू विफल भइसकेको उल्लेख गर्दै जनता समाजवादी पार्टी नेपाल अन्य पार्टीहरूले गर्न नसकेको काम गर्ने वैकल्पिक शक्तिका रूपमा निर्माण भएको दाबी गरे ।

समाजवादी पार्टी इटहरीका अध्यक्ष डिल्ली सुब्बा र राष्ट्रिय जनता पार्टी इटहरीका अध्यक्ष सुन्दर राईको संयुक्त अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा केन्द्रीय कार्यकारिणी सदस्य अनिल झा र पर्शुराम बस्नेत, केन्द्रीय सदस्यहरू पदम अधिकारी र सुरेश भट्टराई समेत उपस्थित थिए ।

No description available.

No description available.

No description available.