फुटबल स्टार रोनाल्डोलाई कोरोना संक्रमण

Newslaya Home

फुटबल स्टार रोनाल्डोलाई कोरोना संक्रमण

बुधबार २८, असोज २०७७

लन्डन । फुटबल स्टार क्रिश्चियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको छ । बेलायतको डेली मेलका अनुसार उनलाई कोरोना संक्रमणको कुनै लक्षण देखिएको छ । उनी अहिले सेल्फ आइसोलेसनमा छन् ।

समाचारमा भनिएको छ, ‘रोनाल्डोले कोरोना भाइरसको परीक्षण गराएको र नतिजा पोजिटिभ आएको छ । स्पेन र फ्रान्सविरुद्ध राष्ट्रिय टोली पोर्चुगलबाट खेलेको भोलिपल्ट गरिएको परीक्षणमा रोनाल्डोलाई संक्रमण देखिएको हो ।’

कोरोना पोजिटिभ देखिएलगत्तै उनी टिमबाट बाहिरिएको र आज बुधबार राति स्वीडेनसँगको खेल पनि छुटाउनु पर्ने भएको जनाइएको छ । ३५ वर्षीय स्टार खेलाडी रोनाल्डोले खेलका क्रममा टिमका साथीसँग फोटो खिचाएकाले अरुलाई पनि संक्रमण भयो कि भन्ने त्रास बढेको छ ।