पिसिआर परिक्षण चापकै बिचमा प्रदेश १ का प्रयोगशालाहरु बन्द

Newslaya Home

पिसिआर परिक्षण चापकै बिचमा प्रदेश १ का प्रयोगशालाहरु बन्द

बुधबार २८, असोज २०७७

सुनसरी । प्रदेशका अधिकांश प्रयोगशालाहरूमा परीक्षण बन्द भएपछि पिसिआर परीक्षण प्रभावित भएको छ ।

मंगलबार इटहरी उपमहानगरपालिकाले सूचना जारी गरेर पिसिआर परीक्षण प्रभावित भएको जनाएको छ । उता दमक नगरपालिकाले करिब १० दिन अघि पठाएका नमूनाका रिपोर्ट हालसम्म प्राप्त नभएको जनाएको छ ।

प्रयोगशालाहरुले नमुना नै नपठाउन भनेका छन् । जसले गर्दा अत्यावश्यक बिरामीहरु निजी अस्पताल धाउन बाध्य छन् ।

प्रदेश नं १ मा विराटनगरको कोशी अस्पताल, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, धरानको बीपी प्रतिष्ठान र मेची अस्पतालका दुईवटा प्रयोगशालाले कोरोना परीक्षण गर्दै आएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले चाप धान्न सकिरहेको छैन भने बीपी प्रतिष्ठानको ल्याबले शूल्क लिएर मात्र परीक्षण गरिरहेको चौंलागाईंले जानकारी दिए।

मेची अस्पताल भद्रपुरको ल्याब बन्द छ । कनकाई नगरपालिकाको कोटीहोममा रहेको ल्याबमा पनि नमुनाको चाप छ ।