२०७७ असोज २८ गते बुधवारको राशिफल

Newslaya Home

२०७७ असोज २८ गते बुधवारको राशिफल

बुधबार २८, असोज २०७७

मेष । आज भाग्यले विभिन्न अवसर जुराउनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

बृष । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शिक्षामा सफलता पाईनेछ ।

मिथुन । आज यात्रा गर्दा सचेत हुनुपर्नेछ । इच्छा पूरा गर्न र भौतिक सुखकालागि खर्च बढ्नेछ, तर नजिकका व्यक्तिबाट भरपुर साथ र सहयोग मिल्नेछ ।

कर्कट । शुभकार्यको चर्चा चल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह । आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । भूमि लाभपनि रहला ।

कन्या । आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान र ढीलासुस्ती होला । सानातिना समस्यामा अल्झिनुपर्नेछ ।

तुला । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । मनोबल उच्च रहनेछ ।

बृश्चिक । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ ।

धनु । राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मकर । आज निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

कुम्भ । आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । रमाइलो यात्राको योग रहेको छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

मीन । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला ।