बीपीको कोभिड अस्पतालमा भएका खरिद बारे अख्तियारको छानविन

Newslaya Home

बीपीको कोभिड अस्पतालमा भएका खरिद बारे अख्तियारको छानविन

मङ्गलबार २७, असोज २०७७

धरान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले बीपी प्रतिष्ठान धरानको कोभिड अस्पतालमा भएका खरिद बारे छानबिन सुरु गरेको छ ।

प्रतिष्ठानस्थित कोभिड अस्पतालमा खरिद गरिएका १० भेण्टिलेटर मध्ये ६ वटा बिग्रिएर बिरामीले उपचार नपाएको, आर्थिक अनियमितता भएको, उपचार सेवा प्रभावकारी नभएको र लापरबाही भएको सार्वजनिक भएपछि अख्तियार टोलीले अस्पतालको स्थलगत निरीक्षण गरेर छानबिन सुरु गरेको हो ।

सोमबार राती अख्तियार टोलिले कोभिड अस्पतालको स्थलगत छानविन गरेको प्रतिष्ठान स्रोतले जनाएको छ ।
प्रतिष्ठानका उपकुलपती डा.ज्ञानेन्द्र गिरीले कमसल औषधि उपकरण खरिद गरि आर्थिक अनियमितता गरेको उजुरी परेपछि अख्तियारको टोलीले छानबिन थालेको हो ।

उपकुलपति गिरीले प्रतिष्ठानकै खरिद प्रक्रियामा विशेष अदालतमा मुद्धा चलिरहेका विवादित व्यापारी चेतन अग्रवालसँग उपकरण खरिद गरेका थिए ।