‘बैंक नोटमा र फोनको स्क्रिनमा २८ दिन बच्छ कोरोना भाइरस’

Newslaya Home

‘बैंक नोटमा र फोनको स्क्रिनमा २८ दिन बच्छ कोरोना भाइरस’

सोमबार २६, असोज २०७७

काठमाडौं । अनुसन्धानकर्ताहरुले कोभिड १९ फैलाउने भाइरस बैंक नोट, फोनको स्क्रिन र स्टिलनेस स्टिलमा २८ दिनसम्म जिवित रहनसक्ने पत्ता लगाएका छन् । अस्ट्रेलियाको नेसनल साइन्स एज्न्सीले दिएको सुझाव अनुसार कोभिड १९ ९क्ब्च्क्(ऋयख(द्द० लामो समयसम्म जिवित रहन सक्छ ।

अनुसन्धानकर्ताहरुले अध्यारो ठाउँमा गरेको परीक्षणले यस्तो नतिजा निकालेको हो । अल्ट्राभाइलेट प्रकाशले भाइरसलाई मार्ने यसअघिको अनुसन्धानमा देखाइसकेको छ ।

भाइरस लामो समय जिवित रहनसक्ने बताए पनि त्यसले मानिसको शरीरमा प्रभाव पार्न सक्ने या नसक्ने भन्ने द्विविधा भने रहेको विज्ञहरुको भनाइ छ । सतहबाट मानिसमा कोरोना भाइरस सल्किन्छ भन्ने विवादित विषय रहेको केही अनुसन्धानकर्ताको दावी छ । किनकि कोरोना भाइरसको संक्रमण बोल्दा वा हाच्छिउँ गर्दा हुने गरेको देखिन्छ ।

साथै हावामा पनि भाइरस अडिन सकेको तथ्य पनि बाहिरिएको थियो । साथै विभिन्नखाले सतहबाट जस्तो कि धातु वा प्लास्टीक आदि छुँदा पनि संक्रमणको सम्भावना रहने अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोलले जनाएको छ । तर, यसलाई हाच्छुयुँ वा बोल्दाजस्तो जोखिमपूर्ण मानिएको छैन ।

यसअघिका प्रयोगशालामा भएका परीक्षणमा बैंक नोट वा सिसामा यो भाइरस दुई वा तीन दिनसम्म रहनसक्ने, प्लास्टिक र स्टिलनेस स्टिसलमा ६ दिनसम्म जिवितै रहनसक्ने देखाएको थियो । यद्यपि अनुसन्धानअनुसार दिनको संख्या भने फरक भेटिन्छ ।

यसैबीच अस्ट्रेलियाको अनुसन्धान सार्वजनिक भएको हो जसले भाइरलाई लामो समयसम्म जिवित रहने देखाएको छ ।

समथर सतह भएका सिसा, मोबाइल स्क्रिन, प्लास्टिक वा पेपर नोटलाई २० सेल्सियस तापक्रम र अध्यारोमा राखेर परीक्षण गर्दा भाइरस २८ दिनसम्म बलियो अवस्थामा रहने देखिएको हो । अरु फ्लु भाइरस यही वातावरणमा १७ दिनसम्म बाँच्ने भेटियो ।

यो अनुसन्धानको रिपोर्ट भाइरोलोजी जर्नलमा प्रकाशित भएको छ जसमा भाररस कम तापक्रमको तुलनामा बढी तापक्रम हुने ठाउँमा छिट्टै निस्क्रिय हुन्छ । ४० डिग्री तापक्रम भएको सतह छ भने त २४ घन्टामा भाइरस सर्ने हैसियतमा रहन्न ।

कुनै पनि कपडामा १४ दिनसम्म भाइरस जिवितै रहने देखिएको छ ।

कार्डिफ युनिभर्सिटीका प्राध्यापक तथा कमल कोल्ड सेन्टरका पूर्व निर्देशक रोन इक्लेसले अनुसन्धानको कडा आलोचना गरेका छन् । उनले भनेका छन्, ‘२८ दिन भाइरस जिवित रहन्छ भनेर मानिसलाई अनावश्यक अत्याउने काम भएको छ।