२०७७ आश्विन २२ गते बिहिबारको राशिफल

Newslaya Home

२०७७ आश्विन २२ गते बिहिबारको राशिफल

बिहीबार २२, असोज २०७७

मेष । आज पारिवारिक साथ र सद्भाव बढ्नेछ । विभिन्न कुराको जिम्मेवारी निर्वाह र नेतृत्त्व गर्नुपर्नेछ । परिवारको खुसीका लागि केही खर्च गर्नुपर्ला ।

वृष । आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । शुभ समाचार सुन्न पाइएला । कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला ।

मिथुन । गरेको काममा अपेक्षाकृत सफलता हात नपर्ला । कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । सकेसम्म कम बोल्नु तथा नै हितकर हुन्छ ।

कर्कट । आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । भौतिक सुख प्राप्तिकालागि खर्च बढ्न भने सक्छ ।

सिंह । आज राज्यबाट मान सम्मान पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । विभिन्न माध्यमबाट सहयोग प्राप्त होला ।

कन्या । आज कला र साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनेछ । इष्टमित्रसंग भेटघाट गर्ने अवसर जुट्नेछ ।

तुला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूले सापटी लगेको रकम फिर्ता गर्न गारोपर्ला, तर मतभेद भए पनि समझदारी भने कायम रहनेछ ।

वृश्चिक । कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ , तर व्यक्तिगत खुसीका लागि खर्च हुनसक्छ ।

धनु । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । जोश जाँगर र हिम्मत वढ्नेछ । परिवारसँग समय बिताउने अवसर जुट्नेछ ।

मकर । आज पारिवारिक सुख एवं सहयोग मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कुम्भ । आज घर परिवरमा शुभकार्यको योजना र चर्चा चल्नेछ । आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

मीन । आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यक्तिगत खुसीका लागि किनमेल हुनेछ ।

3 प्रतिकृयाहरू प्राप्त
  • Supriyaलेख्नुहुन्छ
  • |
  • बिहीबार २२, असोज २०७७
Thank you so much
  • Hariram pujaraलेख्नुहुन्छ
  • |
  • बिहीबार २२, असोज २०७७
Kundali seen
  • Nikita majhiलेख्नुहुन्छ
  • |
  • बिहीबार २२, असोज २०७७
Ntg