चाडपर्वलाई लक्षित गरी एनसेलले ल्यायो नयाँ अफर

Newslaya Home

चाडपर्वलाई लक्षित गरी एनसेलले ल्यायो नयाँ अफर

आइतबार १८, असोज २०७७

काठमाडौं । चाडपर्वलाई लक्षित गरी एनसेलले कुरै कुरामा उपहार योजना ल्याएको छ ।

आउँदै गरेको दशैँ तिहार र छठ पर्वको उपलक्ष्यमा भ्वाईस सेवा ग्राहिहरुका लागि ल्याईएको योजनामा एनसेलका सबै प्रिपेड ग्राहकहरुले अन नेट, अफ नेट वा अन्तराष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाईस सेवा प्रयोग गरी उपहार जित्न सक्ने एनसेलले जनाएको छ ।

असोज १८ बाट सुरु भएको योजना ८ हप्ता अर्थात मंसिर १३ गतेसम्म लागु हुनेछ । योजनाबाट फाईदा लिनको लागि एनसेलका प्रिपेड ग्राहकहरुले १७१०७ मा डायल गरी सहभागी हुन सक्ने छन् ।

योजनामा दैनिक धेरै कुरा गर्नेहरु मध्ये प्रत्येक प्रदेशबाट हरेक दिन १ सय जना भाग्यशाली ग्राहकहरुलाई उपहार दिने एनसेल आजियाटाले जनाएको छ ।