त्यसपछि मैले दाई कोरोना पोजेटिभ हो भन्ने बिर्सिदिएँ अनि एम्बुलेन्समा चढाएँ

Newslaya Home

त्यसपछि मैले दाई कोरोना पोजेटिभ हो भन्ने बिर्सिदिएँ अनि एम्बुलेन्समा चढाएँ

शनिबार १७, असोज २०७७

कोरोना सँग जोगिदै स्वास्थ्य प्रोटोकल पालना गर्दै ६ महिना जनता को सेवामा काम गरिरहेँ !

यो पटक मैले सामाजिक दुरि, स्वास्थ प्रोटोकल पालना गर्न सकिनँ ! मेरो अगाडी अग्नि परीक्षा आयो !

शिव पराजुली दाइ सँग अरु सामाजिक सम्बन्ध सँगै थप मैले दाइ मानेकी थिएँ !

मेरो दाजु नभएकोले पनि मलाइ आफ्नै दाजु झै लाग्थ्यो । उहाँको र हाम्रो परिवार ५ बर्ष एकै आगन गरेर बस्यौं ! पराजुली परिवारको अबस्था र समस्या मेरो परिवारका सम्स्या र अबस्था मा दुबै बराबरी जानकार थियौं । 

म जनप्रतिनिधि भएकोले उति समय दिन सकिरहेकी थिइनँ ! दाइ बिरामी भनेको सुन्ने बित्तिकै अस्पताल पुगेँ । आइसियुमा राखिएको र कोरोना टेस्ट गरेको रिपोर्ट आउन बाँकी रहेकोले भेट्न दिएन । ढोकाबाट मात्र बोलाउने गरि डक्टर सङ्ग अनुमती मागेँ र दाइलाइ बोलाएँ ।

म आएको कुरा थाहा दिएँ र उपचार सुरु भएको छ, चिन्ता नगर्न भनेँ ! तर दाइको अबस्था चिन्ताजनक थियो !

आइसियुको डक्टरलाई भेटेर अबस्था बुझेँ । डक्टरले अवस्था गम्भीर भएको र जे पनि हुन्सक्छ माइन्ड मेकअप गर्नुस् भने ‌

खर्चको पनि समस्या थियो अस्पताल परिसरमा बसेर केही साथिहरुलाई फोन गरेँ ! करिब ६० जना जती साथीहरुलाई म्यासेज गरेँ । उपचार खर्च जुटाउन आग्रह गरेँ ।

१२ घन्टामा एक लाख रुपैया जुट्यो पनि ! त्यही अस्पतालमा खर्च पनि भयो । सहयोगि दाताहरुलाई धन्यवाद । ( सबै को नाम उल्लेख गर्न सकिनँ) !

दाइलाइ सिङो इटहरीले कति माया गर्छ भन्ने पुष्टि पनि भयो !

भोलिपल्ट दाइको कोबिड १९ पोजेटिभ रिपोर्ट आयो । सुरुदेखी नै निमोनिया भनेर निमोनियाको कडा औषधि चलाएको थियो ! कोरोना पोजेटिभ रिपोर्ट आएपछी अस्पतालले अन्यत्र लानुस् भन्यो ! र दाइले पनि आफुलाई त्यहाँबाट निकाल्न भन्नुभयो !

सबै रिपोर्ट लिन, डिस्चार्ज गर्न लाग्यौ ! एम्बुलेन्स नपाएर २ घन्टा अल्मलियौं । इटहरीबाट दाइलाई माया गर्ने साथिहरु निकै जना पुग्नुभएको थियो । सबै लागेर एम्बुलेन्स खोजेर बिरामी निकालियो !

दाइ गलिसक्नु भएकोले आफै एम्बुलेन्समा चढ्न सक्ने अबस्था थिएन !

छोरा विश्वलाई पिपिइ लगाएर तयारी गरेको थियो । उन्ले एम्बुलेन्समा चढाउन कोसिस गरे, सकेनन् ‌। निकै बेर हेर्यौ !

मैले त्यो हृदयबिदारक अबस्था सहन सकिनँ । मेरै अगाडि एम्बुलेन्स मा चढाउन नसकेर दाइ जानुहुने हो की भन्ने मनमा आयो र अगाडि बढेँ ।

कोरोना पोजेटिभ हो दाइ भन्ने जानकारी हुँदाहुँदै पनि मेरा लागी आफ्नो भन्दा दाइको जीवन बचाउने कुराले तान्यो र दाइलाइ मैले ठेलेँ । विश्वले माथिबाट ताने । एम्बुलेन्समा चढायौं !

मलाइ अस्पतालको स्प्रे ले पुरै स्प्रे गर्यो । नुहाएजस्तै भएँ । दाइलाइ लिएर धरान गयौं । कोभिड अस्पतालमा पुर्याएर फर्कियौं ! बाटोमा दाइ हल्का बोल्नुभएको थियो !

आसा थियो, दाइ अब बाच्नुहुन्छ भन्ने! 

दाइलाई बचाउन सकिएन !

परिवारका सबैको pcr टेस्ट गरिएको छ ! रिपोर्ट आउन बाँकी छ ! अब म पनि पोजेटिभ हुने प्रबल सम्भावना छ ! आजदेखी घरमा सेल्फ आइसुलेसनमा बसेकी छु !

५ दिन पुगेपछि मात्र pcr चेक गर्नु भनेर चेक गरेकी छैन ! अब केही दिन उपप्रमुखले गर्नु पर्ने पदिय जिम्मेवारी पूरा गर्न नसक्ने जानकारी गराउछु !

सेवाग्राही प्रती हुने अफ्ठ्यारा मा माफी चाहन्छु ! जोगिन सक्ने सिमा भन्दा फरक अबस्था आएकोले मैले दाइलाइ थप उपचारका लागि लान यो गर्नै पर्थ्यो गरे !

तर दाइ रहनु भएन !! दाइको आत्मा ले शान्ती पाओस !

सबै सँग माफी चाहन्छु !!