भोजपुरकी सबिना राईले जितिन् सर्वाधिक भ्युजको उपाधि

Newslaya Home

भोजपुरकी सबिना राईले जितिन् सर्वाधिक भ्युजको उपाधि

शुक्रबार १६, असोज २०७७

इटहरी । किरात राई विद्यार्थी संघद्धारा आयोजित मातृभाषामा शिक्षा विषयक अनलाइन वक्तित्वकलामा सबिना राईले भ्यूजको उपाधि जितेकी छिन् ।

बिहीबार विद्यार्थी संघले एक विज्ञप्ति जारी गरि प्रतियोगितामा सहभागी मध्ये सविनाको भिडियो धेरै हेरिएको जानकारी गराउँदै विजेता घोषणा गरेको हो ।

२२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै संघका अध्यक्ष जितेन राईले भ्यूजको आधारमा एक जनालाई पुरस्कृत गरिने उद्घोष गरेका थिए । सोही आधारमा असोज १५ गते बिहीबार सम्मको भ्यूजको आधारमा सबिना राईलाई विजेता घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भोजपुरको हतुवागढी गाउँपालिका ७ घर भएकी सबिना हाल सुनसरीको धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसमा वि.एड दोस्रो वर्षमा अध्ययनरत छिन् । भ्यूजको उपाधि विजेता उनलाई रु. १० हजार प्रदान गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत भदौं १७ गते सार्वजनिक गरिएको नतिजा अनुसार बिलम राई प्रथम बनेकी हुन् । त्यस्तै अनिता माझी दोस्रो र छिरिङ शेर्पा तेस्रो तथा सुजन विष्ट, सञ्जिता राई र दिवस लोहोरुङ राई सान्वता भएका छन् । जुनियर सहभागिको रुपमा कक्षा सात पढ्दै गरेकी दिव्या राई तथा फरक क्षमता भएका (अपाङ्गता) उक्तम लावती लिम्बू पनि पुरस्कृत हुने भएका छन् ।

भ्युजको आधारमा पुरस्कृत गर्नको लागि असोज १५ गते सम्मको समय दिइएको थियो ।

भिडियोः