होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको अस्पताल लैजाँदै गर्दा मृत्यु

Newslaya Home

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको अस्पताल लैजाँदै गर्दा मृत्यु

शनिबार १०, असोज २०७७

काठमाडौं । बर्दियामा होम आइसोलेसनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । गुलरिया घर भएका ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

गुलरिया नगरपालिका–७ का उनलाई असोज ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार भेरी अस्पताल नेपालगञ्ज लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको हो ।

आइसोलेसनमा बसेका बेला स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेले जानकारी गराएको छ ।