कैलालीमा कार्यरत सशस्त्र प्रहरी जवान मृत फेला

Newslaya Home

कैलालीमा कार्यरत सशस्त्र प्रहरी जवान मृत फेला

शनिबार १०, असोज २०७७

काठमाडौं । कैलालीमा कार्यरत सशस्त्र प्रहरीका एक जवान मृत फेला परेका छन् ।

सुर्खेत घर भएका २२ वर्षीय प्रहरी जवान कुमार तारुमगर मृत फेला परेका हुन् । उनी बिओपी सशस्त्र प्रहरी गण धनगढीको जुगेडामा कार्यरत थिए ।

शुक्रबार बेलुका कार्यालयबाट निस्केका उनी नफर्किएपछि खोजीकार्य गर्दा शनिबार बिहान ११ बजे धनगढी उपमहानगरपालिका–१४ को खुटिया खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाबारे आफन्तलाई जानकारी गराएर सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

शरीरमा चोटपटक नदेखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।