प्रमोद खरेलको गीत ‘ओए कान्छी’ सार्वजनिक (भिडियोसहित)

Newslaya Home

प्रमोद खरेलको गीत ‘ओए कान्छी’ सार्वजनिक (भिडियोसहित)

शनिबार १०, असोज २०७७

काठमाडौं । गायक प्रमोद खरेल र गायिका सुजाता केसीको गीत ‘ओए कान्छी’ सार्वजनिक भएको छ ।

डिभाइन म्युजिकको अफिसियल युट्युब च्यानलबाट ‘ओए कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा पल शाह र पुजा शर्माले अभिनय गरेका छन् ।

दीपक शर्माको शब्द र संगीत रहेको गीतको भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका हुन् ।