सुनसरीमा २२ जना कोरोना सङ्क्रमित थपिए

Newslaya Home

सुनसरीमा २२ जना कोरोना सङ्क्रमित थपिए

शुक्रबार ०९, असोज २०७७

धरान । सुनसरीमा शुक्रबार (आज) २२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार इटहरीमा स्वाब लिइएका मध्ये १३ जना इटहरीका, १ जना इनरुवाका र अर्को १ जना बर्जुका सङ्क्रमित थपिएका हुन् ।

यसै गरी दुहबी नगरपालिकामा ७ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । यी ७ जना मध्येमा १ जनाको मृत्यु पछि कोरोना पुष्टि भएको छ ।यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या अहिले सम्म १५९९ पुगेको छ ।