लागुऔषध खेैरोहिरोईन सहित तीन जना पक्राउ

Newslaya Home

लागुऔषध खेैरोहिरोईन सहित तीन जना पक्राउ

शुक्रबार ०९, असोज २०७७

झापा । झापाको अर्जुनधारा–११ बसपार्क र बिर्तामोड भगवान चोकबाट लागुऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बिर्तामोड–३ का २४ बर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ बर्षीय नर प्रसाद राजवंशी रहेका छन भने अर्का बिर्तामोड–२ का २२ बर्षीय प्रदिप राजवंशी रहेका छन ।

बिशाल र नर प्रसाद ११ ग्राम ब्राउनसुगर सहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसै गरी प्रदिप १० ग्राम ब्राउनसुगर सहित बिर्तामोड भगवान चोकबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

विशेष सुराकका आधारमा उनिहरुलाई बिहिबार पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जनामाथि ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।