झापामा घरको छतबाट झर्दा एक जनाको मृत्यु

Newslaya Home

झापामा घरको छतबाट झर्दा एक जनाको मृत्यु

शुक्रबार ०९, असोज २०७७

झापा । झापामा घरको छतबाट झर्दा एक जनाको मृत्यु भएको छ । बिर्तामोडमा रहेको एक घरको छतबाट झर्दा १३ बर्षीय कृतिका भण्डारीको ज्यान गएको हो ।

बिहिबार राती खाना खाईसकेपछी घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा कृतिका गम्भिर घाईते भएकी थिईन । उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक कृतिका ५ दिन अगाडी काठमाण्डौबाट मावली घरमा आएकी हुन । मावली घरकै चार तला माथीको छतबाट झरेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।