इटहरीमा वडा नं. १२ का १० जनासहित थप ३१ जनामा कोरोना पुष्टि

Newslaya Home

इटहरीमा वडा नं. १२ का १० जनासहित थप ३१ जनामा कोरोना पुष्टि

बिहीबार ०८, असोज २०७७

इटहरी । इटहरी उपमहानगरपालिकामा थप ३१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा इटहरी–८ का १ जना, ४० बर्षीया महिला, इटहरी १२ का १० जना, २१ बर्षीय पुरुष २८, ३०, ३१, ३२, ३४, ३७, ३८, ४०, ४० बर्षीया महिला, इटहरी १३ का ३ जना, २६ बर्षीय पुरुष ३४, ४० बर्षीया महिला रहेका छन् ।

त्यस्तै, बिराटनगर महानगरपालिका घर भएका तर इटहरी नै ठेगाना लेखाएका ४० बर्षीया ३ जना महिला रहेका छन् । त्यस्तै, वुढीगंगा नगरपालिका घर भएका ३ जना, २८, ३८, ४२ बर्षीया महिला, दुहवी नगरपालिकाका ४ जना, २९, ३७ बर्षीय पुरुष र ३०, ४३ बर्षीय महिला, गढी गाउँपालिकाका २ जना, ३९, ४५ बर्षीय महिला रहेका छन् ।

त्यसैगरी वीपी प्रतिष्ठानमा आफैँ स्वास्थ्य जाँच गरेका मध्ये इटहरी–३ का १ जना ३० बर्षीय पुरुष र इटहरी–२० कि ३९ बर्षीया महिला रहेका छन् ।

योसँगै इटहरीमा हालसम्म कोरोना संक्रमितको संख्या ४५९ पुगेको छ ।