आज देशभर भारी वर्षा, सतर्कता अपनाउन आग्रह

Newslaya Home

आज देशभर भारी वर्षा, सतर्कता अपनाउन आग्रह

बुधबार ०७, असोज २०७७

काठमाडौं । बुधबार देशभर भारी बर्षाको सम्भावना रहेको छ । बिहानैदेखि देशका विभिन्न भागमा पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्युन चापीय क्षेत्र पश्चिम उत्तर(पश्चिम तर्फ सर्ने क्रममा देशका विभिन्न स्थानमा बर्षा सम्भावना रहेको छ ।

प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।