बार्सिलोनाले सुवारेज बेच्ने

Newslaya Home

बार्सिलोनाले सुवारेज बेच्ने

बुधबार ०७, असोज २०७७

ऐजेन्सी । बार्सिलोनाले एट्लेटिको मड्रिडलाई आफ्ना फरवार्ड लुइस सुआरेज बेच्न तयार भएको छ। बार्सिलोना छाड्न चाहिरहेका सुवारेजको लागि पनि यो सुखद समाचार भएको छ ।

पासपोर्टमा समस्या देखिएपछि सुआरेजको यूभेन्ट्स जाने इच्छा अधुरो रहेको थियो। त्यसपछि उनी न्यून तलबमा एट्लेटिको जान तयार भएका हुन।

एट्लेटिकोले सुुआरेजका लागि न्यूनतम ४ मिलियन यूरोभन्दा बढी रकम उनका लागि नतिर्ने भएको छ।

२०१४ मा उनी लिभरपुलबाट ७४ मिलियन पाउण्डमा बार्सिलोनासँग अनुबन्ध भएका थिए।

बार्सिलोनामा उनले चार च्याम्पियन्स लिग र चार कोपा डेल रेको उपाधि जिते। यस्तै उनले २०१५ मा च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि पनि बार्सिलोनाबाट जिते।