जन्तरे मामा र एलिना चौहानको कोपिला जस्तो जोवन सार्वजनिक

Newslaya Home

जन्तरे मामा र एलिना चौहानको कोपिला जस्तो जोवन सार्वजनिक

मङ्गलबार ०६, असोज २०७७

उर्लाबारी । पछिल्लो समय युटुबमा भाईरल बनेका जन्तरे मामा भनेर चिनिने अमित कुमार राई र गायिका एलिना चौहानको कोपिला जस्तो जोवन बोलको गित सार्वजनिक भएको छ ।

मंगलबार बेलुका युटुबर एवम् पत्रकार किशोर श्रेष्ठको युवामन नेपाल नामक युटुब च्यानलबाट सो गित सार्वजनिक गरिएको हो ।

गीतमा कृष्णउदासीको शब्द रहेको छ भने बादल लिम्बुले संगित दिएका हुन् । सो गीतमा जन्तरेमामासँगै छबि श्रेष्ठ, एलिसा पोख्रेल र जमुना राईको मुख्य अभिनय रहेको छ । गीतको छाँयाकन इलाम र बिर्तामोडस्थित होटल हेभन्लीमा गरिएको छ ।

गीतको निर्मातामाभवन् आचार्य रहेका छन् भने निर्देशन विवेक हिङमाङले गरेका हुन् । भिडियोकोसपोर्टिङ अभिनयमा शोभितमाया तामाङ, धनुष महतो, शान्ति राई, जेनिशा राई, जानुकातामाङ, रुद्र चिमरिया, ज्ञानु वाईवा, राम डंगोल लगायत रहेका छन् ।