डा.केसी शिक्षण अस्पताल भर्ना

Newslaya Home

डा.केसी शिक्षण अस्पताल भर्ना

मङ्गलबार ०६, असोज २०७७

काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीलाई शिक्षण अस्पताल लगिएको छ । मङ्गलबार नेपालगञ्जबाट काठमाडौं आएपछि शिक्षण अस्पताल जान खोज्दा प्रहरीले बल प्रयोग गरेर डाक्टर केसीलाई ट्रमा सेन्टर पुर्‍याएको थियो ।

ट्रमा सेन्टरले डाक्टर केसीलाई डिस्चार्ज गरेपछि उनलाई अहिले त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको छ । डाक्टर केसीको आग्रहपछि ट्रमा सेन्टरले डिस्चार्ज गरेको उनका सहयोगी प्रितम सुवेदीले बताए ।

उनलाई इमर्जेन्सी वार्डमा भर्ना गरिए पनि स्वास्थ्य समस्या भने सामान्य रहेको सहयोगी सुवेदीले बताए । केसी त्रिवि शिक्षण अस्पतालतर्फ पुगेर आकस्मिक कक्षमा भर्ना भएका छन् । अब त्यहीँबाट अनशनलाई निरन्तरता दिने उनले जनाएका छन् ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लामा अनशन बसेका थिए ।