भारत निकासी गर्दै गरेको सेतो मटरसहित एक जना पक्राउ

Newslaya Home

भारत निकासी गर्दै गरेको सेतो मटरसहित एक जना पक्राउ

मङ्गलबार ०६, असोज २०७७

सुनसरी । अवैध रूपमा भारततर्फ लाँदै गरेको सेतोमटर र पिकअप भेनसहित एक जनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी देवानगञ्ज गाउँपालिका–६ सडकखण्डमा अवैध रूपमा लाँदै गरेको अवस्थामा ८० बोरा सेतो मटरसहित मोरङ जहदा गाउँपालिका–३ का पवन राजवंशीलाई पक्राउ गरिएको हो ।

प्रहरीले को १ च ८३६० नम्बरको पिकअप भेन पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ गरिएको पिकअप भेन, चालकसहित सामग्री कारबाहीको लागि सुनसरी भन्सार कार्यालय कोशीब्यारेज पठाइएको छ । प्रहरीले करिब ६ लाख रुपैयाँ बराबरको सामग्री बरामद गरेको हो ।