डा. केसीलाई जबरजस्ती ट्रमा सेन्टर पुर्‍याइयो

Newslaya Home

डा. केसीलाई जबरजस्ती ट्रमा सेन्टर पुर्‍याइयो

मङ्गलबार ०६, असोज २०७७

काठमाडौं । काठमाडौँ आइपुगेका डा.गोविन्द केसीलाई सरकारले ट्रमा सेन्टर पुर्‍याएको छ ।

त्रिवि शिक्षण अस्पताल जान लागेका डा.केसीलाई त्रिभुवन विमानस्थलबाटै प्रहरीको एक टालीले उनको इच्छन विपरीत ट्रमा सेन्टर लगेको हो । जुम्लाबाट अनसन सुरु गरेका केसी त्रिवि शिक्षण अस्पताल परिसरमा बसेर अनशनलाई निरन्तरता दिने सोचमा थिए ।

केसीले प्रहरीलाई जबरजस्ती नगर्न आग्रह गरे पनि उनलाई धरपकडका साथ ट्रमा सेन्टर लगिएको जनाइएको छ ।