केराबारीको बुद्ध माविमा कक्षाकोठामै शुरु भयो पढाई

Newslaya Home

केराबारीको बुद्ध माविमा कक्षाकोठामै शुरु भयो पढाई

मङ्गलबार ०६, असोज २०७७

विराटनगर । मोरङको केराबारी गाउँपालिका–९ मा रहेको बुद्ध माविले कोरोनाका कारण गत चैतबाट ठप्प भएको पठनपाठन सञ्चालनमा ल्याएको छ।

बुद्ध माविले आइतवारबाट पठनपाठन शुरु गरेको जनाइएको छ । विद्यार्थीका लागि मास्क, फेससिल्ड र भौतिक दुरी अनिवार्य गरिएको जनाइएको छ ।

विद्यालयका प्रधानाध्यक छवि धमलाका अनुसार विद्यालयको गेटभित्र पस्नासाथ सबै विद्यार्थीले साबुन पानीले हात धुन्छन्। कक्षाकोठामा पस्नु अघि पनि पुन हात धुन्छन्। त्यसपछि फेस सिल्ड लगाउँछन् र भौतिक दुरी कायम गरी कक्षाकोठामा बस्छन् ।

असोज १ गते अभिभावक र विद्यालय प्रशासनको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। कक्षा १० सम्म पढाई हुने यस विद्यालयमा हाल ५ सय बढी विद्यार्थी छन्।