सामूहिक बलात्कार गरी फरार रहेका अभियुक्त १२ वर्षपछि पक्राउ

Newslaya Home

सामूहिक बलात्कार गरी फरार रहेका अभियुक्त १२ वर्षपछि पक्राउ

मङ्गलबार ०६, असोज २०७७

विराटनगर । जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय अनिश राई र ३१ वर्षीय निश्चल राईलाई पक्राउ परेका हुन् ।

विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिकरूपमा जबर्जस्ती करणी गरी फरार रहेका इलामका उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दुवैलाई २०६७ फागुन ११ गते जिल्ला अदालतबाट ११ वर्ष एक महिना कैद र जनही रु २१ हजार जरिवाना तोकिएको थियो । दुवैलाई जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।