ड्रग्सको मुद्दामा जोडियो दीपिका पादुकोणको नाम

Newslaya Home

ड्रग्सको मुद्दामा जोडियो दीपिका पादुकोणको नाम

मङ्गलबार ०६, असोज २०७७

काठमाण्डौ । सुशान्त सिंह राजपुतको निधनपश्चात बलिउडका विभिन्न मुद्दाहरु सुरु भएको छानविन अहिले ड्रग्सको मुद्दामा पुगेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सकै मुद्दामा जेलमा छिन् ।

उनीमाथि लागेको आरोपको छानविन चलिरहेको छ । यसैविच, नायिका दीपिका पादुकोणको नाम पनि यो मुद्दामा जोडिएको छ । एनसीबीले दीपिकाकी म्यानेजरसहित ४ जनालाई आज सोधपुछका लागि बोलाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

दीपिकाले आफ्नी म्यानेजर करिश्मा प्रकाशसँग ड्रग्स मागेको मेसेज बाहिरिएको हो । दीपिकाको नाम सार्वजनिक भएसँगै नायिका कंगना रनावतले उनी ड्रग्स सेवन गरेकै कारण डिप्रेशनमा पुगेको भन्दै ट्विट गरेकी छिन् ।