घट्यो सुनको मूल्य

Newslaya Home

घट्यो सुनको मूल्य

मङ्गलबार ०६, असोज २०७७

काठमाण्डौ । मंगलबार(आज) सुनको मूल्य सत्र सय रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार २ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज ९५ हजार ५ सय रुपैयाँ प्रतितोलामा झरेको जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य मंगलबार प्रतितोला ९५ हजार रुपैयाँमा कोरोबार भइरहेको संघले जानकारी दिएको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।