वडाध्यक्षको करेन्ट लागेर मृत्यु

Newslaya Home

वडाध्यक्षको करेन्ट लागेर मृत्यु

मङ्गलबार ०६, असोज २०७७

ओखलढुंगा । करेन्ट लागेर माप्य दूधकोशी गाउँपालिका–५ सोलुखुम्बुका वडाध्यक्ष निमराज तामाङको मंगलबार(आज) निधन भएको छ।

सदरमुकाम सल्लेरीस्थित आफ्नै घरमा निर्माण सामग्री सार्दा हाइटेन्सन लाइनमा छोइएर वडाध्यक्ष तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


उनलाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु पुर्‍याए पनि अस्पतालले मृत घोषणा गरेको हो ।