देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

Newslaya Home

देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

मङ्गलबार ०६, असोज २०७७

काठमाडौं । आज मंगलबार दिउँसो तथा राति देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षाका साथै हावाहुरीसमेत आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौमस पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १ र २ का केही स्थानमा हावाहुरीसमेत आउने सम्भावना छ ।

यसैगरी राति पनि देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, २ र बागमती प्रदेशमा भारी वर्षाको समेत सम्भावना छ ।

यसैगरी प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानमा वर्षाका साथ हावाहुरीसमेत चल्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

यस्तै, वर्षा बढेसँगै देशभर बाढीको जोखिम पनि बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान विज्ञप्ति जारी गर्दै आज (मंगलबार) रातिदेखि देशका सबै नदीमा बाढी आउने सम्भावना रहेको जानकारी दिएको हो । यसर्थ नदी छेउछाउका बासिन्दाले असोज ११ गतेसम्म उच्च सतर्कता अपनाउन आवश्यक रहेको महाशाखाले जनाएको छ ।