कतारमा रोजगारी गुमाएका नेपालीलाई पुनः रोजगार दिने

Newslaya Home

कतारमा रोजगारी गुमाएका नेपालीलाई पुनः रोजगार दिने

मङ्गलबार ०६, असोज २०७७

काठमाडौं । कतारमा कोभिड–१९ का कारण रोजगारी गुमाएका नेपाली श्रमिकलाई कतार सरकारले पुनः रोजगार दिने भएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार त्यहाँ श्रमिकको अभाव भएपछि कतारले यस्तो नीति ल्याएको हो ।

‘अब रोजगारी गुमेकै कारणले नेपालीहरू घर फर्कनु पर्दैन,’ कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, ‘जसको कम्पनी बन्द भएको छ वा रोजगारी गुमेको छ, उसलाई कतार सरकारले नै सीप र दक्षताका आधारमा रोजगारी उपलब्ध गराउनेछ ।’

करार अवधि समाप्त भएपछि नेपालीहरू नेपाल फर्किन पाएका छैनन् । आवासीय अनुमतिपत्र नवीकरण हुन नसक्दा स्वदेश फिर्तीमा समस्या भएको छ ।