वामदेव गौतमको मनोनयनविरुद्ध सर्वोच्चमा रिट

Newslaya Home

वामदेव गौतमको मनोनयनविरुद्ध सर्वोच्चमा रिट

मङ्गलबार ०६, असोज २०७७

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पराजित वामदेव गौतमलाई त्यही अवधिमा राष्ट्रिय सभामा मनोनीत गरिनु गैरसंवैधानिक हुने दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

गौतमलाई सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय र मनोनीत गर्ने राष्ट्रपति कार्यालयको निर्णय बदर हुनुपर्ने दाबी निवेदनमा गरिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गर्ने नेपाल कम्युनिस्ट पार्टीलाई विपक्षी बनाएका छन् ।

गत भदौ २९ मा मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा असोज १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरेकी थिइन् ।