भोजपुरको अरुणमा नेकपाका पूर्व कमाण्डर सहित काङ्ग्रेसका ६० भन्दा बढी नेता जसपामा प्रवेश

Newslaya Home

भोजपुरको अरुणमा नेकपाका पूर्व कमाण्डर सहित काङ्ग्रेसका ६० भन्दा बढी नेता जसपामा प्रवेश

सोमबार ०५, असोज २०७७

भोजपुर । भोजपुरको अरुण गाउपालिकामा नेकपा र नेपाली काङ्ग्रेस परित्याग गरि ६० जना भन्दा बढी नेता कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

सोमबार प्याउलिमा एक कार्यक्रम गरि नवप्रवेशीहरुलाई पार्टीमा प्रवेश गराएको समाजवादी विद्यार्थी युनियनका नेता झिल खिम्बुलेले जानकारी दिएका हुन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य इन्द्रहाङ राईको प्रमुख आतिथ्यमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा सङ्घिय परिषद सदस्य मणिराज राई जिल्ला समन्वय समितिका अध्यक्ष आस कुमार राई सहित जिल्लाका अन्य नेताहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रवेश गर्नेहरुमा नेपाली काङ्ग्रेसका नेता देवि प्रसाद मगर, नेवि संघका युवा नेता धिरेन खिम्बुले त्यस्तै नेकपाका नेता तथा पूर्व माओवादी कमान्डर सज्जन राई समाजसेवी युवा अगुवा सन्तोष राई सहितका युवाहरु पार्टी प्रवेश गरेका छन् ।

त्यस्तै पार्टी प्रवेश गर्नेमा पूर्व स्ववियु सचिव समेत भैसकेका युवा नेता भोज बिक्रम राई पनि रहेका छन् । त्यस्तै नव प्रवेशीहरुमा सन्तोस राई, धिरेन खिम्बुले, श्रीहाङ राई, मिलन राई, जिवन राई, देवि मगर चन्द्र मगर, रुपेश राई, रविन राई, फुलमन राई, उज्जल राई, काली बहादुर राई, सुमन राई, सन्जिव राई, धिरज तामाङ, धन्जित राई, पवि राई, अस्विन राई, मनोज राई, सन्तोष मगर, दिवस राई, प्रकाश राई, दिवस तामाङ, सागर राई, मुकुन्द तामङ, जुद्द राई, शसिकला राई, अन्जना राई, भगवती राई, कुमान सिङ राई, सोम प्रसाद दर्जी, भोजन राई, जनक राई, मानदेव राई, दिवस तामङ, विशाल मगर, शसिकला राई, नर बहादुर मगर, बुद्द तामाङ, विर्ख बहादुर राई, रमन राई, देश कुमार राई, मिल कुमार राई, गणेश राई, जय बहादुर राई, मान बहादुर राई, सन्तराज राई, मनिराज राई, पुस्प राई, उज्ज्वल राई, दिपक राई, मिलन राई, अजय रार्इ, देवहाङ राई रहेका छन् ।

नव प्रवेशीहरुलाई प्रवेश गराउदै प्रमुख अतिथि राईले देशमा काङ्ग्रेसले देश बेचेर खोक्रो बनाएको र नेकपा पनि भाई काङ्ग्रेस नै भएको कारण नेपालको नदी वनजङ्गल बेच्दै अहिले भ्रस्टाचारको नाइके भएको आरोप लगाएका छन् ।

उनले सुदन किराती र आफू सङ्गै जनयुद्दमा बन्दुक बोकेर राजनीतिक व्यवस्था र जनताको जनजिविका साथै पहिचान समावेशिताको लागि लडेको स्मरण समेत गरे, तर किराती फोहोरको डङ्गुर भित्र गन्हाउदै आफु सफा भएको स्पस्टिकरण दिदै गाउँ गाउँमा हिडेको देख्दा आफुलाई सर्मिन्दा लागेको बताए ।

त्यस्तै सङ्घिय परिषद सदस्य मणिराज राईले नेकपा र काङ्ग्रेस एकल जातिय पार्टि भएको हुँदा समाजको अनुहार जस्तो छ पार्टि र राज्यसत्ता पनि उस्तै बनाउन आफूहरु लागि परेको बताएका छन् ।

त्यस्तै जिल्ला अध्यक्ष आस कुमार राईले अबको मुलुकको राजनितिक वैचारिक साङ्गठानिक बिकल्पको रुपमा जनता समाजवादि पार्टी भएको जिकिर गरेका छन् ।

कार्यक्रममा नव प्रवेशिहरुको तर्फबाट प्रतिबद्दता मन्तव्य सन्तोष राईले राखेका थिए । आफूहरु जसपाको बिचार नीति कार्यक्रम मन पराएर पार्टी प्रवेश गरेको उल्लेख गरे । पुराना दल नेकपा र नेका देशको प्रतिगामी र बिचार सिद्धान्तको हिसाबले स्खलित भैसकेको हुँदा उनीहरु बाट मुलुकले निकास नपाउने पक्का भएकोले आफूहरु जसपालाई विकल्पको रुपमा स्थापित गर्न लागि पर्ने प्रतिबद्दता जनाएका छन् ।

राज कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सुजन राईले गरेका थिए भने विपन राईले स्वागत मन्तव्य राखेका थिए ।

No description available.No description available.