इटहरीमा अपाङ्ग बालिकालाई बलात्कार गरेर फरार रहेका व्यक्ति पक्राउ

Newslaya Home

इटहरीमा अपाङ्ग बालिकालाई बलात्कार गरेर फरार रहेका व्यक्ति पक्राउ

सोमबार ०५, असोज २०७७

इटहरी । प्रहरीले दुई महिना अघि अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेर फरार भएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

इटहरी–१६ मा नाबालिकामाथि बलात्कार गरेको आरोपमा आज (सोमबार) ४८ वर्षीय कृष्णप्रसाद ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

ढकालले साउन ९ गते बालिकालाई आफ्नै घरमा लगेर बलात्कार गरेको पीडितको उजुरीको आधारमा उनको खोजी कार्य तीब्र पारिएकोमा आज कान्छिचोकबाट पक्राउ गरिएको इलाका प्रहरी पकलीका इन्स्पेक्टर कैलाश अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रहरीको टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

अपांग बालिका बलात्कार गर्ने शिक्षक ‘कक्षाका छात्रालाई चलाउने, जे पायो त्यही बोल्ने’