आज प्रदेश एकमा थप १ सय १९ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

Newslaya Home

आज प्रदेश एकमा थप १ सय १९ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

सोमबार ०५, असोज २०७७

मोरङ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार ताप्लेजुङ, सुनसरी र झापाका १–१ महिलाको उपचारका क्रममा मृत्यु भएको हो । यससंगै प्रदेशमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

त्यसैगरि, सोमबार प्रदेशभर १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, सुनसरीमा ९, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिरका समान १ जना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा ९७ जनामा संक्रमण थपिएका छन् । संक्रमण देखिएकामा ४३ महिला र ५४ पुरुष छन् ।

मोरङगको कटहरी गाँउपालिकामा २ महिला ४ पुरुष, ग्रामथान गाँउपालिकामा १ महिला र बुढीगंगा गाँउपालिकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरान उपमहानगरपालिकामा ५ महिला ४ पुरुष, झापाको विर्तामोड नगरपालिकामा १ पुरुष, मेचीनगर नगरपालिकामा १ महिला, उदयपुरको त्रियुगा नगरपालिका र संखुवासभाको चैनपुर नगरपालिकामा समान १ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ९३ पुगेको छ ।

अर्कोतर्फ, प्रदेशमा १६ जना निको भएर डिस्चार्ज भएका छन् । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १०, विराटनगरको कालिसदन आईसोलेसन, र झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाई नगरपालिकाबाट समान ३ जना डिस्चार्ज भएका हुन् । हालसम्म २ हजार ५ सय ५२ जना डिस्चार्ज भएका छन् ।