अबदेखि विदेशमा रहेका नेपालीले डिजिटल माध्यमबाटै पैसा पठाउन पाउने

Newslaya Home

अबदेखि विदेशमा रहेका नेपालीले डिजिटल माध्यमबाटै पैसा पठाउन पाउने

सोमबार ०५, असोज २०७७

काठमाडौं । विदेशमा रहेका नेपालीहरुले अबदेखि डिजिटल माध्यमबाटै नेपालमा पैसा पठाउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट रेमिटेन्स पठाउन पाउने व्यवस्था गरिदिएको हो ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले सूचना जारी गर्दै विदेशमा रहेका नेपालीहरुले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटमा रहेका आफन्तहरुको खातामा पैसा पठाउन पाउने व्यवस्था गरिदिएको हो ।

हालसम्म बैंक खातामा वा रेमिटेन्स कम्पनीबाट मात्रै नेपालमा पैसा पठाउन पाइने व्यवस्था थियो । अब रेमिटेन्स सेवा सुरु गरेका वालेटहरुमा विदेशबाट सिधै पैसा पठाउन सकिन्छ । वालेटमा तोकिएको सीमाभन्दा बढी पैसा आएमा त्यस्तो रकमलाई सम्बन्धित व्यक्तिको बैंक खातामा सीधै पठाउने व्यवस्था पनि हुनेछ ।