प्रदेश नंं.१ मा भारी वर्षा तथा हावाहुरीको सम्भावना

Newslaya Home

प्रदेश नंं.१ मा भारी वर्षा तथा हावाहुरीको सम्भावना

सोमबार ०५, असोज २०७७

काठमाडौं। अबका पाँच दिन देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

सोमबार (आज) बाट असोज ९ गतेसम्म नेपालमा धेरैजसो स्थानमा पानी पर्ने सम्भावना देखिएको प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । उत्तरपूर्व बंगालको खाडीबाट विकसित भएको जलवायुको प्रभावले यो पाँच दिनमा देशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको जानइएको छ ।

यो अवधिमा कतिपय ठाउँमा हावाहुरी र चट्याङ पर्ने सम्भावना पनि देखिएको प्राधिकरणले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नंं.१ मा भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेको जानइएको छ ।