बढ्यो सुनचाँदीको मूल्य

Newslaya Home

बढ्यो सुनचाँदीको मूल्य

सोमबार ०५, असोज २०७७

काठमाडौं । सोमबार (आज) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९७ हजार २ सयमा कारोबार भइरहेको छ ।

यो आइतबारको भन्दा २ सयले बढी हो । यस्तै आज तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोलामा एक हजार तीन सय २० रुपैयाँमा कारोबार भइरहेको छ।