विराटनगरमा हिँड्दै गरेका डाक्टर बेहोस, कोरोना पुष्टिपछि उपचार गर्न भारत लगियो

Newslaya Home

विराटनगरमा हिँड्दै गरेका डाक्टर बेहोस, कोरोना पुष्टिपछि उपचार गर्न भारत लगियो

सोमबार ०५, असोज २०७७

विराटनगर । सडकमै बेहोस भएका विराटनगरका एक डाक्टरमा कोरोना पुष्टि भएको छ । उनलाई उपचारका लागि भारत लगिएको छ । 
 
कोशी अस्पताल विराटनगरको बच्चा विभागमा कार्यरत चिकित्सक डाक्टर विनोद बिराजी सडकमा हिँडिरहेका बेला शनिबार साँझ एक्कासी बेहोस भएका थिए । 
 
कोशी अस्पतालको आईसीयूमा भर्ना गर्ने क्रममा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।
 
मस्तिष्कमा पनि समस्या देखिएपछि आफन्तले उनलाई उपचारका लागि भारततर्फ लागेका छन् । ती चिकित्सकको उपचारमा खटिएका अस्पतालका १६ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेका छन् ।