इटालियन ‘सिरी ए’मा युभेन्ट्सको विजयी सुरुवात

Newslaya Home

इटालियन ‘सिरी ए’मा युभेन्ट्सको विजयी सुरुवात

सोमबार ०५, असोज २०७७

काठमाडौं । इटालियन ‘सिरी ए’ मा साविक विजेता युभेन्ट्सले विजयी सुरुवात गरेको छ ।

युभेन्ट्सले आइतबार राति भएको खेलमा युसी साम्पडोरियालाई ३–० गोलले पराजित गरेको हो । जससँगै आन्द्रे पिर्लोले सिनियर टिमको प्रशिक्षकको रुपमा विजयी सुरुवात गर्न सफल भएका छन् ।

खेलमा क्रिस्टियानो रोनाल्डोले प्रभावशाली खेल देखाए । उनले एक गोल गर्दा अर्को गोलका लागि पास उपलब्ध गराएका थिए ।

युभेन्ट्सका लागि १३ मिनेटमा कुलुसेभ्सीले पहिलो गोल गरे । यो गोलका लागि रोनाल्डोले पास उपलब्ध गराएका थिए ।

७८ मिनेटमा युभेन्ट्सले अग्रता दोब्बर पार्‍यो । बोनुचीले युभेन्ट्सका लागि दोस्रो गोल गरेका थिए ।

खेल सकिन २ मिनेट बाँकी छदा युभेन्ट्सका लागि रोनाल्डोले तेस्रो गोल गरेका थिए । रोनाल्डोलाई गोल गर्न आरोन राम्सेले पास उपलब्ध गराएका थिए । त्यसअघि रोनाल्डोको प्रहार क्रसबारमा लागेको थियो ।

खेलमा एक हजार दर्शकलाई रंगशालामा प्रवेश दिइएको थियो ।