डा.गोविन्द केसी आईसीयूमा भर्ना, जाँच गर्न मानेनन्

Newslaya Home

डा.गोविन्द केसी आईसीयूमा भर्ना, जाँच गर्न मानेनन्

आइतबार ०४, असोज २०७७

जुम्ला । स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि अनसनस्थलबाट डाक्टर गोविन्द केसीलाई अस्पताल पुर्‍याइएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा भर्ना गरिएका डा. केसीले जाँच गर्न नमानेको उपचारमा खटिएका डाक्टरको टोलीले निकालेको दैनिक प्रतिवेदनमा उल्लेख छ ।

उपचारमा खटिएका विशेषज्ञ डा.प्रवीण गिरी, डाक्टर धिरज गुरुङ, डाक्टर अनुप मंगल समाल र नर्स सविना थापाको हस्ताक्षरित प्रतिवेदनमा डाक्टर केसीले अस्पताल आएपछि कुनै पनि खालको जाँच गर्न नमानेको बताइएको छ ।

उनलाई असोज ३ गते राति अस्पतालमा ल्याइएको प्रतिवेदनमा जानकारी गरिएको छ । जाँच नै गर्न नदिएपछि उनको प्रतिरक्षा घट्दै गएकाले सङ्क्रमणको डर भएको, रगतमा चिनीको मात्रा अति कम भइ प्रमुख अङ्रुमा जटिल समस्या हुने डर भएको चिकित्सकको प्रतिवेदनले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डाक्टरको पढाइसहित चिकित्सा क्षेत्रका मागहरु सरकारले पूरा गर्न भन्दै एक हप्तादेखि डा.केसी जुम्लामा अनसन बसिरहेका छन् ।