सरिता गिरीले गरिन् तराई मधेश बृहत लोकतान्त्रिक अभियानको घोषणा, सद्भावना पार्टीलाई सक्रिय बनाउने लक्ष्य

Newslaya Home

सरिता गिरीले गरिन् तराई मधेश बृहत लोकतान्त्रिक अभियानको घोषणा, सद्भावना पार्टीलाई सक्रिय बनाउने लक्ष्य

आइतबार ०४, असोज २०७७

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण गरी जनता समाजवादी पार्टी नेपाल बनाएको तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा परेकी सरिता गिरीले तराई मधेश बृहत लोकतान्त्रिक अभियान गठन गरेर मधेशको राजनीतिमा पुनः प्रवेश गरकी छिन् ।

असोज २ गते लोकतान्त्रिक अभियानको घोषणा गरेकी गिरीले अन्ततः नेपाल सद्भावना पार्टीलाई मधेशमा सक्रिय बनाउने लक्ष्य लिएकी छिन् । नेपाल सद्भावना पार्टी नेपालले असोज ३ गतेको दिनलाई कालो दिवसको रुपमा मनाउन आयोजना गरेको कार्यक्रममा उनी अभियानको तर्फबाट सहभागी हुन जनकपुर पुगेकी थिइन् ।

अहिले अभियान बनाएकी उनी अन्ततः नेपाल सद्भावना पार्टीमा गएर तराई मधेशमा राजनीतिमा सक्रिय हुने उनको योजना छ । सरिता गिरीले गठन गरेको लोकतान्त्रिक अभियानमा नेपाल सद्भावना पार्टीलाई पनि राखिएको छ । त्यसमा अर्को दलित मुस्लिम जनशक्ति पार्टी पनि रहेको छ भने संस्थाको रुपमा विश्व हिन्दु परिषद् नेपाल, पिछडा वर्ग महासंघ र महिला जनअभियान समिति पनि रहेका छन् ।

अहिले आफू तराई मधेशका मेचीदेखि महाकालीसम्मको यात्रामा निस्केको र त्यसक्रममा हरेक प्रकारका अगुवा व्यक्तिहरुसँग भेट्ने, छलफल गर्ने अनि गठबन्धनलाई अझ संगठित बनाएपछि मात्र तीन महिनापछि लोकतान्त्रिक अभियानको बारेमा विस्तृत जानकारी गराउने गिरीले बताइन् ।