खोटेहाङ गाउँपालिकामा संविधान दिवस हर्षोल्लासपूर्ण सम्पन्न

Newslaya Home

खोटेहाङ गाउँपालिकामा संविधान दिवस हर्षोल्लासपूर्ण सम्पन्न

–प्रमोद गेलाल
आइतबार ०४, असोज २०७७

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन गरिएको छ ।

शनिबार ‘संविधान दिवस (राष्ट्रिय दिवस) हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔ, घरघरमा दिपावली गारौंं,’ भन्ने मुल नाराका साथ उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

सामाजिक दुरीको कमयम गरेर सञ्चालन गरिएको कार्यक्रममा नेपालको संविधान २०७२ को ५ औं वर्षको अवसरमा दीप प्रज्ज्वलन गरिएको हो ।

कार्यक्रममा शुभकामना प्रदान गर्दै पालिकाका अध्यक्ष प्रदिप राईले नेपालको संविधानको विकास क्रम एवम् नेपालको संविधान विश्वको संविधान मध्ये उत्कृष्ट रहेको र सबै भन्दा बढी विश्वासको मत प्राप्त गरेको उल्लेख गरे ।