नेपालमा थप १ हजार ३२५ जनामा कोरोना पुष्टि

Newslaya Home

नेपालमा थप १ हजार ३२५ जनामा कोरोना पुष्टि

आइतबार ०४, असोज २०७७

काठमाडौं । नेपालमा थप १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ५८४ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ३२५ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो सहित नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ६४ हजार १२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर ९६६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ रहेको मन्त्रालयले जानकारी दिएको छ।

हाल विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ७ हजार ४५१ जना बसिरहेका छन् भने हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।