इटहरीमा सय शय्याको आइसोलेसन सेन्टर तयार

Newslaya Home

इटहरीमा सय शय्याको आइसोलेसन सेन्टर तयार

आइतबार ०४, असोज २०७७

इटहरी । इटहरी उपमहानगरपालिकाले सय बेडको आइसोलेसन सेन्टर निर्माण गरेको छ । इटहरी–९ स्थित रंगशालामा आइसोलेसन सेन्टर तयार गरिएको हो ।

प्रदेश सरकारले दिएको २० लाख रुपैयाँ र स्थानीय संघसंस्थाको थप आर्थिक सहयोगमा आइसोलेसन सेन्टर तयार गरिएको मेयर द्वारिकलाल चौधरीले बताए ।

मेयर चौधरीका अनुसार आइसोलेसन सेन्टरमा महिला र पुरुषका लागि अलग अलग शौचालय, बाथरुम, निःशुल्क वाइफाई सहित खाने बस्ने सुविधा रहेको छ ।